मेलम्ची बाढी प्रभावित क्षेत्र संरक्षणका लागि ४ करोड विनियोजन
सिन्धुपाल्चोक । गत असार १ र साउन १६ गते आएको मेलम्ची बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि बागमती प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलो चरणमा ४ करोड रकम विनियोजन गरेको छ ।

भू तथा जलाधार संरक्षण कार्यक्रम अन्तर्गत मन्त्रालयले ३१ वटा योजनासहित तत्काल ४ करोड रकम स्वीकृत गरेको हो ।
पाँचपोखरी, हेलम्बुदेखि ढाँड खोलासम्म ३१ वटा योजनाका लागि रु. ४ करोड तत्काललाई विनियोजन गरे पनि बाँकी ७ करोड रकम पनि यही आर्थिक वर्ष २०७८÷७९ मा स्वीकृत भई कार्यान्वयनमा समेत आउने बाग्मती प्रदेशका पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य युवराज दुलालले बताउनुभयो ।
प्रदेशसभा सदस्य युवराज दुलालको पहलमा बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि सरकारले बजेट विनियोजन गरेको हो ।
मेलम्ची र इन्द्रावती नदी नियन्त्रण तथा बस्ती संरक्षणका लागि पहिलो चरणमा पाँचपोखरी, हेलम्बुदेखि ढाँड खोलासम्म योजना मुताबिक विनियोजित रकमबाट काम हुने प्रदेश सभा सदस्य दुलालको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्