तपाईँ सुन्दै हुनुहुन्छः

ऐतिहासिक स्थलको महत्त्व बुझाउने गरी तनहुँसुरको विकास गर्नुपर्छ : नेता पौडेल

dav

तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ऐतिहासिक स्थलको महत्त्व बुझाउने गरी तनहुँसुरको विकास गर्नुपर्ने बताउनुभयो । सो कुरा वरिष्ठ नेता पौडेलले व्यास नगरपालिकाको आयोजनामा मङ्गलवार भएको दोस्रो व्यास नगर महिला खुल्ला हाफ म्याराथनको समापन कार्यक्रममा बताउनुभएको हो । 

नगरपालिकाले खेलकुदको माध्यमबाट धार्मिक, ऐतिहासिक र सांस्कृतिक क्षेत्रको प्रचारप्रसार गर्दै पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको नेता पौडेलले बताउनुभयो । 

‘तनहुँसुरको पहिचान बचाउनु पर्नेछ ।’ नेता पौडेलले भन्नुभयो, ‘यो आदिवासीको ठाउँ हो ।’ उहाँले अगाडि भन्नुभयो ‘यहाँ धेरै ऐतिहासिक महत्त्वपूर्ण ठाउँहरू छन् ।’ तनहुँसुरको ऐतिहासिकता झल्काउने गरी मान्छेहरूलाई हेर्न जाउँजाउँ हुने ठाउँ बनाउनुपर्ने नेता पौडेलले भन्नुभयो । 

उहाँले भन्नुभयो ‘यो सहिदहरूको गाउँ हो ।’ पर्यटनको विकास गरेर रोजगारी र आम्दानीको अवस्था सिर्जना गर्नुपर्ने वरिष्ठ नेता पौडेलको भनाई छ । उहाँले थप्नुभयो, ‘अब तल झर्ने होइन माथि सर्ने हो ।’ ‘पहिले डाँडाका दिन गएका थिए तर अब डाँडाका दिन आउँदै छ ।’ नेता पौडेलले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button