तपाईँ सुन्दै हुनुहुन्छः

बिर्तामोडको व्यस्त बजारमा आगलागी, एक घर जल्यो

भद्रपुर, झापा । झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडको व्यस्त बजार रहेको भद्रपुर रोडमा आज आगलागी हुँदा एक घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

भद्रपुर रोडस्थित नमस्ते होटलसँगै जोडिएको घरमा आगलागी भएको हो । स्थानीय मजदुरहरू बस्ने घरमा आगलागी हुँदा फैलिने डरले स्थानीय पसलहरू बन्द गरिएका थिए ।

सुरक्षाकर्मी, दमकल र स्थानीयले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगो निभाउन बिर्तामोड, भद्रपुर र मेचीनगरका तीन वटा दमकल परिचालन भएका थिए । 

मध्य बजारमा लागेको आगो बेलैमा नियन्त्रण भएकाले बिर्तामोड ठूलो दुर्घटनाबाट बचेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button