तपाईँ सुन्दै हुनुहुन्छः

कन्टेनर र ट्रक एक आपसमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते

बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिका–५ जङ्घा पुलमा कन्टेनर र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बर्दिबासबाट सर्लाहीतिर जाँदै गरेको ना३ख ६९६४ नम्बरको ट्रक र विपरीत दिसाबाट भुस लोड गरेको प्र १–०२–००१ ख ९०९७ नं. को ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिनुभयो । 

दुर्घटनामा परेर घाइते भएका ट्रक चालक महोत्तरी जिल्ला बर्दिबास नगरपालिका–३ पाटुका ३० वर्षीय रुमेश बराइलीको शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको डिएसपी विष्टले बताउनुभयो ।उहाँका अनुसार कन्टेनर चालक ललितपुर महाकाल गाउँपालिका–३ का ४२ वर्षीय राजु लामा टाउकोमा चोट लागेर गम्भीर घाइते हुनुभएको छ । 

लामालाई बर्दिबासस्थित शुभ स्वस्तिक हस्पिटलमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको उहाँले बताउनुभयो  । ट्रकमा सवार सर्लाहीको ईश्वरपुर–१२ घाँरीबथान बस्ने २२ बर्षीया सुजता खड्काको टाउकोमा चोट लागेको छ । ट्रकका चालक बर्दिबास–३ बस्ने ३० वर्षीया रुमेश बराइली र सहचालक निरज परियारको शरीर र टाउकोमा गम्भीर चोट लागेको छ । उनीहरूको बर्दिबासका अस्पतालमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button