तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति समक्ष विभिन्न देशका राजदूतहरूद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि मौरिसस, बोत्स्वाना, माल्दिभ्स र ट्युनिशियाका गैर आवासीय राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज छुट्टाछुट्टै आयोजित विशेष समारोहबिच नेपालका लागि मौरिससका राजदूत शान्तीबाई हनुमाजी, बोत्स्वानाका जिल्बर्ट सिमेन मङ्गोल, माल्दिभ्सका डा.हुसेन नियाज र ट्युनिशियाका गैर आवासीय राजदूत हायत तल्बीले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । 

समारोहमा परराष्ट्र मन्त्री डा. नारायण खड्का लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button