तपाईँ सुन्दै हुनुहुन्छः

१ सय २७ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

File photo

काठमाडौँ । आज देशभर एक सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

६ हजार ८ सय ७४ नमुनाको पीसीआर परीक्षण गर्दा एक सय २७ जनामा संक्रमण पुष्टि भएको हो । 

यस्तै आज ३ सय २१ जना संक्रमित निको भएका छन् भने संक्रमित ३ को मृत्यु भएको छ । 

हाल काठमाडौँ र ललितपुर जिल्लामा ५ सय बढी सङ्ख्यामा सक्रिय संक्रमित रहेका छन् भने ८ जिल्लामा २ सय बढी सङ्ख्यामा संक्रमित रहेका छन् । 

आज ३५ हजार ७ सय ८८ जनाले कोरोना विरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button