तपाईँ सुन्दै हुनुहुन्छः

रक्सौलमा दुई आर्केष्टामा छापा, ८ नेपाली किशोरी मुक्त

फागुन । वीरगन्जसँग सीमा जोडिएको भारतीय रक्सौलको सौनाहा बजारमा रहेको दुई वटा आर्केष्टामा एंटी ह्युमन ट्राफिकिङग युनिट रक्सौलको टिमले छापा मारी ८ नेपाली किशोरीहरूको उद्धार गरेको छ ।

छापा मार्ने क्रममा मुक्त भएका नेपाली किशोरीहरूले भारतीय प्रहरीको सराहना गरेका थिए । ८ मध्ये ४ किशोरी नाबालिका रहेको सिनियर इन्स्पेक्टर मनोज कुमार शर्माले जानकारी दिनुभयो ।

उहाँले हाल आफूहरू सीमा क्षेत्रमा हुने अवैध मानव तस्करीलाई नियन्त्रण गर्न लागिपरेको र अभियान अन्तरगत ८ जना नेपाली किशोरी मुक्त भएको बताउनुभयो ।

नेपाली किशोरीहरूलाई विभिन्न प्रलोभनमा पारी मानव तस्करका दलालहरूले भारतका विभिन्न सहरमा पुर्‍याउने र अवैध यौन धन्दा देखी आरकेस्टाहरुमा किशोरीहरूलाई विक्री वितरण गर्दै आएका छन् ।

उद्धार गरिएका नेपाली किशोरीलाई नेपाल प्रहरी मार्फत आफन्तको जिम्मा लगाउने तयारी भई रहेको भारतीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button