तपाईँ सुन्दै हुनुहुन्छः

क्यान्सर पीडितलाई आर्थिक सहयोग

सुनसरी । सुनसरीको बर्जू गाउँपालिका बडा नं. १ का क्यान्सर पीडित सहलेश ऋषिदेवलाई बर्जू गाउँपालिका कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन् ।

भरतपुर चितवन अवस्थित उपचारको लागि क्यान्सर अस्पताल जान बर्जू १ निवासी सहलेश ऋषिदेव लाई बर्जू गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार चौधरीको अगुवाइमा पालिकाका २७ जना कर्मचारीबाट सङ्कलित २९ हजार ऋषिदेवको घरमा गई बुझाएको प्रमुख प्रशासकीय अधिकृत चौधरीले जानकारी दिनुभयो ।

अनुहारको गालामा भएको क्यान्सर पीडित ऋषिदेवले पारिवारिक हैसियत र क्षमताले उपचार सम्भव नभएकोले देश तथा विदेशमा रहनुहुने सम्पुर्ण आफन्तजन, सहयोगी मनहरू, सङ्घ संस्था लगायतलाई सहयोग जुटाई जीवन रक्षा गरिदिनुहुन हार्दिक याचना गरेका छन् ।

सहयोगका लागि पीडितको मोबाइल नम्बर ९८०७०९४४५८ मा सम्पर्क गरी तथा छोरा मनोज ऋषिदेवको बर्जू गाउँपालिकामा रहेको एनआइसी एसिया बैङ्कको खाता नम्बर ३४३५७५१३५६३२१००१ मा रकम जम्मा गर्न सकिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button