‘स्वच्छ देश, स्वच्छ मधेस’ भन्ने मूल नाराका साथ साइक्लिङ
बारा । ‘स्वच्छ देश, स्वच्छ मधेस’ भन्ने मूल नाराको साथ सेना दिवस तथा महाशिवरात्रिको अवसरमा पर्सा राष्ट्रिय निकुञ्जले बारामा साइक्लिङ कार्यक्रमको आयोजना गरेको छ ।

पर्सा राष्ट्रिय निकुञ्जलाई मुख्य पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको निकुञ्जको प्रमुख मनोज कुमार साहले जानकारी दिनुभयो ।
साईक्लिस्टहरुले आधाभारदेखि हलखोरिया दह हुँदै हात्तीसार जङ्गल फायरलेन क्रस कन्ट्री ३९ कि.मि.साइकल यात्रा गरेका थिए ।
कार्यक्रमको उद्घाटन पर्सा राष्ट्रिय निकुञ्जको प्राङ्गणमा प्रदेश सभा सदस्य सिता गुरुङले गर्नुभएको थियो भने समापन अम्लेखगंजको हात्तीसारमा मुख्यमन्त्री लालबाबु राउतले गर्नुभएको थियो ।
मधेस प्रदेश सरकार, स्थानीय सरकार, नेपाली सेनाको सिद्धि बक्स गण, पर्यटन व्यवसायी र औद्योगिक प्रतिष्ठानहरूको समन्वयमा कार्यक्रम भएको पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोष भगतले जानकारी दिनुभयो ।
साइक्लिङमा नेपाल भरीका साइकल यात्रीहरूको सहभागिता थियो ।








प्रतिक्रिया राख्नुहोस्