सत्तारुढ गठबन्धन थप बलियो: अध्यक्ष प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्याख्यात्मक घोषणसहित एमसीसी सम्झौता संसदबाट अनुमोदन भएसँगै सत्तारुढ गठबन्धन थप बलियो भएको बताउनुभएको छ ।

खुमलटारस्थित निजी निवासमा आज पत्रकार सम्मेलन गरेर अध्यक्ष प्रचण्डले एमसीसी सम्झौताका विषयमा विवाद, बहस हुँदै यसले निकास पाएको बताउँदै संसदबाट अनुमोदन भएपछि सत्ता गठबन्धन सरकार आगामी निर्वाचन प्रक्रियातर्फ जाने स्पष्ट भएको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले एमसीसी सम्झौतामा केही गम्भीर विषय रहेको र त्यसलाई संशोधन गरेर अनुमोदन गर्नुपर्ने आवाज आफूले उठाउँदै आएको भन्दै केही विवादित विषयलाई स्पष्ट पारेर व्याख्यात्मक घोषणाबाट एमसीसी अनुमोदन गरिएको समेत जानकारी दिनुभयो ।
उहाँले आम नागरिकले सडकबाट समेत खबरदारी गर्दै सबैको जोड बलबाट व्याख्यात्मक घोषण आउन सकेकोको भन्दै सबेलाई धन्यवाद समेत दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्