नेता निधि सबैको प्रेरणाका श्रोत: प्रदेश प्रमुख मिश्र
जनकपुरधाम । नेपाली राजनीतिकका शिखर पुरुष गान्धीवादी नेता महेन्द्रनारायण निधिको शतवार्षिकी जयन्तीको अवसरमा गृह नगर जनकपुरधाममा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

जयन्ती समारोहलाई सम्बोधन गर्दै मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले गान्धीवादी नेता महेन्द्रनारायण निधि काँग्रेसका लागि मात्र नभई राजनीतिमा आदर्श व्यक्ति रहेको बताउनुभयो ।
उहाँले निधिको सादा जीवन उच्च विचार सवैका लागि प्रेरणाको श्रोत भएको बताउँदै राजनीतिमा बढेको विकृतिको अन्त्य गरेर समृद्ध नेपालको निर्माण अभियानमा जुट्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले गान्धीवादी नेता निधि राजनीतिका क्षेत्रमा सदा विचारका व्यक्ति रहेको बताउनुभयो ।
नेपाली काँग्रेस धनुषा क्षेत्र नंं ३ का क्षेत्रिय सभापति श्याम निधिको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादव, पूर्व केन्द्रीय सदस्य रामकृष्ण यादव, वरिष्ठ पत्रकारहरू राजेश्वर नेपाली तथा रामभरोस कापडीले नेता निधि सबैको लागि प्रेरणाको श्रोत भएको बताउनुभयो ।
कार्यक्रममा जनकपुरधामको विभिन्न क्षेत्रमा योगदान दिनुभएका व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्