तपाईँ सुन्दै हुनुहुन्छः

धनुषाको मिथिला आयुर्वेद कलेजको सम्बन्धन खारेज 

जनकपुरधाम । धनुषा जिल्लाको नगराइन नगरपालिकाको गंगुलीमा रहेको मिथिला आयुर्वेद कलेजको सम्बन्धन खारेज भएको छ । 

नेपाल संस्कृत विश्वविद्यालयले सम्बन्धन दिएको सो कलेजमा पठनपाठन नहुने गरेको र कलेज अस्तव्यस्त रहेको भन्दै बिए एमएसको पठनपाठनका लागि प्रदान गरेको सम्बन्धन खारेज गरेको विश्व विद्यालयले जनाएको छ । 

विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले सम्बन्धन खारेजको निर्णय भएको आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालय वेलझुण्डि दाङले जनाएको छ । परिषद्को निर्णय नंं १३७ अनुसार सम्बन्धन खारेज गरेको विश्वविद्यालयको डिनको कार्यालयबाट जारी सूचनामा उल्लेख रहेको छ ।  

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णको सहभागिता तथा लगानीमा मिथिला आयुर्वेद कलेजमा आयुर्वेद विषयको स्नातक तहको पठन पाठन हुँदै आएको थियो । साथै सो कलेजमा अहिले अध्ययन गरिरहेका विद्यार्थीहरूलाई आयुर्वेदको दाङमा रहेको केन्द्रीय कलेजमा सार्ने निर्णय विश्वविद्यालयको परिषद् बैठकले गरेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button