तपाईँ सुन्दै हुनुहुन्छः

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालबीच भेटघाट

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटघाट भएको छ । प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीको भेट सकिए लगत्तै अध्यक्ष ओलीलाई भेट्न दाहाल संसद् भवनस्थित एमाले संसदीय दलको कार्यकक्षमा पुग्नु भएको हो।

भेटमा अध्यक्ष ओलीसहित ईश्वर पोखरेल, सुवास नेम्वाङ र विष्णु पौडेल सहभागी हुनुहुन्छ भने माओवादी अध्यक्ष प्रचण्डसहित नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्ति बस्नेत सहभागी हुनुभएको छ ।

आज १ः०० बजेको लागि तय गरिएको संसद्को बैठक स्थगित भएलगत्तै एमसीसी सम्बन्धमा र संसद्को गतिरोध अन्त्यका लागि नेताहरुबीच तीव्र भेटघाट भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button