तपाईँ सुन्दै हुनुहुन्छः

क्लिन फिड लागू गर्न विदेशी टेलिभिजनहरूलाई अनुरोध

काठमाडौँ । विज्ञापन बोर्डले विदेशी टेलिभिजनहरूमा विज्ञापनसहित प्रसारण गरेको पाइएकाले त्यस्ता गैर कानूनी प्रसारण तत्काल रोक्न अनुरोध गरेको छ ।

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ६ मा “नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नु पर्नेछ ।” भन्ने व्यवस्था रहेको छ। 

हालै विज्ञापन बोर्डबाट भएको अनुगमनका क्रममा केही विदेशी टेलिभिजनहरूमा विज्ञापनसहित प्रसारण गरेको पाइएकाले त्यस्ता गैर कानूनी प्रसारण तत्काल रोक्न समेत बोर्डले अनुरोध गरेको छ। 

यदि विदेशी टेलिभिजनहरूले विज्ञापनसहित प्रसारण गरेको पाइएका ऐनको दफा २५ बमोजिम कारबाहीको प्रक्रिया अघि बढाउने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button