तपाईँ सुन्दै हुनुहुन्छः

रुसको सैन्य कारबाहीपछि युक्रेनद्वारा मार्सल लको घोषणा

कीभ। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार युक्रेन विरुद्ध रुसले सैन्य कारबाही शुरु गरेपछि देशमा मार्शल लको घोषणा गर्नुभएको छ ।

गृह मन्त्रालयका अनुसार राजधानीमा रहेको सैन्य डिपो र एयरफिल्डमा मिसाइल प्रहार भएको छ।कीभमा बोरिस्पिल अन्तरराष्ट्रिय विमानस्थल र शहरका अन्य ठाउँहरूमा विस्फोटको आवाज सुनिएको सञ्चार माध्यमले जनाएका छन् ।

नागरिक विमानका लागि भने देशको हवाई क्षेत्र बन्द गरिएको छ ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button