नेपाल र भारतका ऊर्जा सचिवहरुको बैठक शुरु
काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवहरुको बैठक आजदेखि काठमाडौँमा शुरु भएको छ ।
दुई देश बिचमा रहेका ऊर्जा, जलस्रोत तथा विद्युत् लगायतका विषयमा बैठकको कममा छलफल हुने कार्यक्रम रहेको छ ।
बैठकका लागि नेपालले नेपालमा उत्पादन भएको विद्युतको भारतमा व्यापारका लागि आग्रह गर्ने लगायतका विषयहरू तय गरेको छ ।
सचिव स्तरीय बैठक अन्तर्गत आज दुई देशका सहसचिवहरूको संयुक्त निर्देशक समितिको बैठक भएको र सो बैठकमा भएका सहमतिहरूलाई भोलि हुने सचिव स्तरीय बैठकमा पेश गरिने ऊर्जा मन्त्रालयका सूचना अधिकारी बाबुराज अधिकारीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्