सल्यानमा ३३ प्रतिशतले घट्यो सुन्तला उत्पादन

सल्यान । सल्यानमा गत आर्थिक वर्षको तुलनामा ३३ प्रतिशतले सुन्तलाको उत्पादन घटेको छ ।
सिट्रस ग्रिनिङ्ग र सिट्रससिल्ला रोगका कारण सुन्तलाको उत्पादन घटेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।
कार्यालयका अनुसार गत आर्थिक वर्ष ७ हजार ४ सय ८३ मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यस वर्ष ६ हजार ८ सय ८५ मेट्रिकटन मात्र उत्पादन भएको छ ।
गत वर्षभन्दा यस वर्ष ५ सय ९८ मेटिक्ट्रन सुन्तला कम उत्पादन भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी भरत कुमार बस्नेतले जानकारी दिनुभयो ।
जिल्लामा ९ सय किसानले १ हजार ५ सय हेक्टरभन्दा बढीमा व्यावसायिक सुन्तला खेती हुँदै आइरहेको छ । सुन्तलाको क्षेत्रफल बढिरहे पनि रोगका कारण उत्पादन भने घटिरहेको उहाँको भनाई छ ।
जरा कुहिने, हाँगा पहिलो हुँदै जाने, फल पनि राम्रो नहुने भएका कारण विगत दुई तीन वर्षदेखि सुन्तलाको उत्पादन घट्दै जान थालेको कृषक भरतनाथ योगीले बताउनुभयो ।

विगतमा वर्षहरूमा वार्षिक २५ लाखभन्दा बढीको सुन्तला उत्पादन भएको भएता पनि दुई वर्षदेखि उत्पादन निकै कम हुँदै आइरहेको योगीको भनाई छ ।
सिट्रस ग्रिनिङ्ग र सिट्रससिल्ला रोगका कारण वर्षेनी सुन्तलाको उत्पादनमा कमी आउन थालेको कृषि विकास कार्यालय सल्यानका प्रमुख भरत बस्नेतले बताउनुभयो ।
यस प्रकारको समस्या सल्यानको मात्र नभएर देशभर भएको र यस रोगको निराकरणको उपाय पनि नभएको उहाँको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्