तपाईँ सुन्दै हुनुहुन्छः

झापामा ब्राउनसुगरसहित दुईजना पक्राउ

भद्रपुर, झापा । झापामा लागुऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार साँझ ७ बजे झापाको दक्षिणी सीमावर्ती कचनकवल गाउँपालिका– ५ डाँगाबारीमा इलाका प्रहरी कार्यालय बनियानी र प्रहरी चौकी पाठामारीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतीय सीमा नाकाबाट नेपालतर्फ आउँदै गरेको प्र १–०१–०१३ प ७९७४  को मोटरसाइकललाई शङ्का लागेर चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक बिर्तामोड– ३ सैनिकमोड बस्ने २८ वर्षीय सरोज भट्टराई र  मोटरसाइकलको पछाडि सवार बिर्तामोड–९ बस्ने २० वर्षीय विशाल बुढाथोकीलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट ५ ग्राम ब्राउनसुगर बरामद गरिएको र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button