तपाईँ सुन्दै हुनुहुन्छः

तीन देशका विदेशमन्त्री यसै हप्ता युक्रेन जाने

रिगा। विभिन्न तीन देशका विदेश मन्त्रीहरुले यसै हप्ता युक्रेनको भ्रमण गर्नुहुने भएको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार इस्टोनीया, लाट्भीया र लिथुनियाका विदेश मन्त्री युक्रेन जान लाग्नुभएको हो । युक्रेनलाई सहयोग र समर्थन गर्न ती देशका विदेश मन्त्रीहरु युक्रेन जान लाग्नुभएको लाट्भीयाको विदेश मन्त्रालयले जनाएको छ । लाट्भीयाका विदेश मन्त्री एड्गार्स रिन्केभीस्कले पनि सामाजिक सञ्जाल ट्वीटरमार्फत आफुहरु युक्रेन भ्रमणमा जान लागेको पुष्टि गर्नुभएको छ ।

उहाँले आफूसँगै लिथुनिया र इस्टोनियाका समकक्षी पनि सँगै जान लागेको उल्लेख गर्दै मित्र राष्ट्रहरुको दायित्वअनुसार आफूहरुले भ्रमण गर्न लागेको स्पष्ट पार्नुभयो । उहाँहरुले आगामी बुधबार वा बिहीबार सुरु भइ शुक्रबारसम्म युक्रेनको भ्रमण गर्ने अपेक्षा गरिएको समाचारमा जनाइएको छ । युक्रेनमाथी रुसले आक्रमण गर्न लागेको चर्चा चलिरहेका बेला उहाँहरुले युक्रेनको भ्रमण गर्न लाग्नुभएको हो ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button