तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनमा केन्द्रित हुन माओवादी केन्द्रको निर्देशन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले सबै पार्टी पङ्क्तिलाई स्थानीय तह निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक सर्कुलरमार्फत स्थानीय तहको निर्वाचनको प्रक्रियामा जुट्न र पार्टी सङ्गठनलाई क्रियाशील बनाउन निर्देशन दिनुभएको हो ।

file photo

अध्यक्ष दाहालले केन्द्रीय समितिको बैठक बसेर ठोस कार्य योजना तयार नहुँदा सम्मका लागि सर्कुलरका आधारमा पार्टीको गतिविधिलाई अगाडि बढाउन र स्थानीय तहको वडासम्म उम्मेदवारको रोष्टर तयार पार्ने बताउनुभयो ।

सर्कुलरमा जिल्ला समन्वय समिति, नगर, गाउँ वडालगायत सबै तहका पार्टी समिति र विधानले व्यवस्था गरेबमोजिम सबै तहका ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति, परिषद् र विभागलाई पूर्णता दिन आग्रह गरिएको छ ।

केन्द्रीय सदस्य वा प्रदेश पदाधिकारीको सहभागितामा प्रदेशको बैठक तत्काल बस्ने, जिल्ला समन्वय समितिको बैठक यही फागुन १२ गतेसम्म बसी आवश्यक साङ्गठनिक काम गर्नसमेत निर्देश गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button