तपाईँ सुन्दै हुनुहुन्छः

स्ट्रलिङ ओभरसिज प्रा.लि.लाई कालोसूचीमा राखेर कारबाही अघि बढाउन निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सामाखुसीको म्यानपावर कम्पनी स्ट्रलिङ ओभरसिज प्रा.लिलाई कालोसूचीमा राखेर कारबाही अघि बढाउन वैदेशिक राजेगार विभागलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले वैदेशिक रोजगारी ऐन विपरीत कार्य गर्ने सो कम्पनीलाई कालोसूचीमा राखेर कारबाही अघि बढाउन, पीडितलाई न्याय दिन र त्यसको जानकारी समितिलाई पठाउन निर्देशन दिएको हो । 

पैसा लिएर विदेश नपठाउने म्यानवर कम्पनी कारबाही गर्न र पैसा फिर्ता गराउन विभागमा निवेदन दिए पनि विभागले सुनुवाइ नगरेको भन्दै विभिन्न १३ जना पीडितले समितिमा उजुरी दिएका थिए । 

यस्तै समितिले अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको मेरो डेस्कलाई व्यवस्थित र सहज बनाउन निर्देशन समेत दिएको छ । 

बैठकमा वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले वैदेशिक रोजगारीका क्षेत्रमा व्यवस्थित गर्नुपर्ने धेरै विषयहरू रहेको जानकारी गराउँदै उजुरीमा परेको म्यानपावर कम्पनी र निवेदनबारे आवश्यक छानबिन गरी कारबाही अघि बढाउने जानकारी गराउनुभएको थियो ।    

प्रतिक्रिया राख्नुहोस्

Back to top button