तपाईँ सुन्दै हुनुहुन्छः

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष हमालद्वारा पदबहाली

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले आइतबार बोर्डमा पदबहाली गर्नुभएको छ ।

पदवहालीसँगै नवनियुक्त अध्यक्ष हमालले बोर्डको संस्थागत क्षमता अभिवृद्धि आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । त्यसका लागि बोर्ड भवनको व्यवस्थापनका साथै सूचना प्रविधिको विकासका लागि ठोस कार्य गर्ने बताउनुभयो ।

उहाँले धितोपत्र बजार सर्वसाधारणको जीवनसँग जोडिएको हुनाले साना लगानीकर्ताको सुरक्षालाई विशेष प्राथमिकता दिने पनि बताउनुभयो ।

लामो समयदेखि खाली रहेको बोर्डको अध्यक्षमा मन्त्रिपरिषद्को बैठकले बिहीबार रमेशकुमार हमाललाई नियुक्त गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button