तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय प्रजातन्त्र दिवसमा राष्ट्रपतिबाट ५०१ जना कैदीको कैद मिनाहा

फाइल तस्बिर

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५०१ जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गर्नुभएको छ । 

नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, सर्वोच्च अदालतको परमादेशको आदेश, मुलुकी अपराध संहिता, २०७४, बालबालिकासम्बन्धी ऐन, २०७५ र फौजदारी कसुर ‘कैद कट्टा’ (पहिलो संशोधन नियमावली, २०७६) अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उहाँले बाँकी कैद  मिनाहा गर्नुभएको हो ।

त्यसैगरी, राष्ट्रपति भण्डारीले विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको सजाय माफी गर्नुभएको छ ।

नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट आङनिमा शेर्पा समेतका १२ जनाको सजाय माफी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button