प्रेस चौतारी पाल्पाको अध्यक्षमा कार्की सर्वसम्मत

पाल्पा । प्रेस चौतारी नेपाल पाल्पाको अध्यक्ष पदमा कृष्ण कार्की सर्वसम्मत चयन हुनुभएको छ ।हिजो अबेर सम्पन्न भएको ८ औँ जिल्ला अधिवेशनबाट कार्कीको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
चौतारीको उपाध्यक्षमा विष्णु प्रसाद घिमिरे र वन्दना पोखरेल, सचिव नारायण न्यौपाने, सहसचिवमा सन्तोष ज्ञवाली र धन बहादुर ठाडा तथा कोषाध्यक्षमा नेत्र गैरे निर्वाचित हुनुभएको छ । यस्तै कार्यसमिति सदस्यमा रीमा सोमै, विजय वौडेल, हरिबहादुर विक, सुनिल कार्की, शोभाकान्त पाठक, जनकराज भट्टराई, कृष्ण पौडेल र मनोनीत सदस्यमा डिल्लीराज पंगेनी र दिल बहादुर गाहा चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्