तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडामा शव दाह मेसिन सञ्चालन 

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले निर्माण गरेको शव दाह मेसिन सञ्चालनमा आएको छ । 

भारतबाट खरिद गरी ल्याएको मेसिन जडानको काम सम्पन्न भएसँगै मङ्गलवारबाट शव दाह मेसिन सञ्चालनमा आएको हो । 

हेटौँडा–१०, स्थित राप्ती तटमा थोरै दाउराबाट सञ्चालन हुने मेसिनबाट शव जलाउन सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ । 

कुल ५४ लाख रुपैयाँ लागतमा मेसिन र २० लाख रुपैयाँ लागतमा फाउण्डेशन तयार गरेर सञ्चालनमा ल्याएको हो । 

मेसिनबाट हिन्दु संस्कार अनुसार नै शव जलाउन मिल्ने साथै दाउराको खपत कम हुने र छोटो समयमै शवदाहको कार्य सकिने बताइएको छ । 

शवको तौल अनुसार दाउरा एक सय केजीदेखि एक सय २० केजीसम्ममा एउटा शव दाह गर्न सकिने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले बताउनुभयो । 

उपमहानगरपालिकाले उक्त मेसिनबाट शव दाह गर्दा कुनै किसिमको शुल्क नलिने उहाँले बताउनुभयो । 

एक सय १० फिट अग्लो चिम्नीसहितको मेसिनमा शव दाह गर्दा आसपासका क्षेत्रमा वातावरण प्रदूषणको समस्या समेत नहुने उहाँले जानकारी दिनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button