एमाले अध्यक्ष ओली र कांग्रेस नेता कोइरालाबिच छलफल
भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाबिच ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।
उहाँहरूबिच समसामयिक राजनीतिक विषयमा छलफल भएको ओलीका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिनुभयो ।
सरकारले स्थानीय निकायको निर्वाचनको मिति वैशाख ३० गतेलाई तोकेपछि दुई नेताबिच निर्धारित मितिमै स्थानीय निकायको निर्वाचन हुनुपर्ने लगायत पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्