‘जनजातिको हित तथा उत्थानका लागि कटिबद्ध छु’
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले जनजातिको हित तथा उत्थानका लागि आफू सधैँ कटिबद्ध रहने बताउनुभएको छ ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २१औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री आलेले जनजातिको वृत्ति विकास तथा उत्थानका लागि सधैँ अग्रसर रहने बताउनुभयो ।
नेपालको जनगणना विसं २०६८ अनुसार जनजातिको सङ्ख्या करिब ३५.२५ प्रतिशत भएको र यत्रो सङ्ख्या ओगटेको जनजातिहरूका लागि विनियोजन हुने बजेट सारै न्यून भएकाले प्रतिष्ठानलाई माथि उकास्न तथा जनजातिको वृत्ति विकासका लागि भए पनि आफूले सक्ने जति बजेट विनियोजन गर्ने मन्त्री आलेले बताउनुभयो ।
मन्त्री आलेले जनजातिका डकुमेन्ट्री निर्माण, होमस्टे, कला संस्कृतिको जगेर्ना गर्नका लागि कार्यक्रमसहित प्रस्ताव ल्याए मन्त्रालय सहयोग र साथ दिन तयार रहेको उल्लेख गर्नुभयो ।
रासस








प्रतिक्रिया राख्नुहोस्