विधायन व्यवस्थापन समितिमा सार्वजनिक सेवा प्रसारण विधेयकमा छलफल सुरु

काठमाडौँ । राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिमा सार्वजनिक सेवा प्रसारण विधेयक-२०७७ मा छलफल सुरु भएको छ ।
राष्ट्रिय सभामा पेस भएको सो विधेयकमा आजदेखि समितिमा दफावार छलफल भएको समितिका सभापति परशुराम मेघी गुरुङले जनाकारी दिनुभयो ।
रेडियो नपाल र नेपाल टेलिभिजनले छुट्टाछुट्टै प्रसारण सेवा दिइरहेकोमा यी दुई संस्थालाई गाभेर सार्वजनिक सेवा प्रसारण संस्थाको रुपमा स्थापना गर्ने विधेयकमा उल्लेख गरिएको छ ।
सो विधेयक गत साउन २६ गते राष्ट्रिय सभामा पेस भई सामान्य छलफल भएपछि दफावार छलफलका लागि समितिमा पठाइएको थियो ।








प्रतिक्रिया राख्नुहोस्