तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री देउवाद्वारा राणाको निधनप्रति दुःख व्यक्त

File Photo

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका पूर्वमहासमिति सदस्य एवम् देशान्तर साप्ताहिकका प्रधान सम्पादक कवीर राणाको आमाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट शोक वक्तव्य जारी गर्दै राणाकी ८३ वर्षीय आमा मीनकुमारीको माघ १५ गते भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो ।

स्व राणाले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नुभएको र उहाँको निधनबाट काँग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको काँग्रेसले बताएको छ । सभापति देउवाले स्व राणाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button