हिउँ खेल्न गएका दुई बालक पाँच दिनदेखि बेपत्ता
गोरखा । हिउँ खेल्न निष्किएका गोरखा बारपाकका दुई जना बालक बेपत्ता भएका छन् । बारपाक सुलिकोट गाउँपालिका वडा नम्वर १ का साइला घले र वडा नम्वर २ का करन घले गत बिहीवारदेखि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु दुवै जना १६ वर्ष उमेरका छन् ।
माघ २० गते हिउँ खेल्न लाप्राक गएका उनीहरु अहिलेसम्म घर फर्किएका छैनन् । उनीहरुको खोजी भइरहेको प्रहरी नायव उपरिक्षक प्रकाश दाहालले बताउनुभयो । दुई जना मध्ये एक जना करण नामका बालकले मोवाइल लगेका रहेछन्, ट्रयाकिङ गरिरहेका छौँ सम्पर्क हुन सकेको छैन दाहालले भन्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्