बागमती प्रदेशमा आजबाट पीपीआर खोप अभियान सुरु

मकवानपुर । बागमती प्रदेशका १ सय १९ वटै स्थानीय तहमा आजबाट भेडा ब्राखामा देखा परेको हैजा अर्थात् पिपिआर रोग रोकथामका लागि निःशुल्क खोप अभियान सञ्चालन हुँदैछ ।
प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्थानीय तह मार्फत एक हप्ते खोप अभियान सुरु गरेको हो । कृषि विकास निर्देशनालयका निर्देशक डाक्टर राम प्रकाश प्रधानले आगामी फागुन २ गतेसम्म सञ्चालन हुने अभियान नेपालमै पहिलो पटक बागमती प्रदेश पशुपन्छी विकास मन्त्रालयले सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । उहाँले प्रदेशमा भेडाको सङ्ख्या ९३ हजार ६३९ र बाख्राको सङ्ख्या २३ लाख ५१ हजार २१७ रहेको जानकारी दिनु भएको छ ।
पहिलो चरणमा १ करोड १९ लाख रुपियाँ बराबरको ११ लाख ९० हजार खोप मात्रा आएको बताउनु हुँदै उहाँले पहिलो चरणमा नपुगेको खोपको मात्रा दोस्रो चरणमा माग गरी ल्याइने समेत बताउनुभयो । भेडा ब्राखामा देखापरेको हैजा अर्थात् पिपिआर रोग विरुद्धको खोप ३ महिना माथिका भेडा तथा बाख्रालाई लगाउन मिल्ने तथा एक पटक लगाएको खोपले ३ वर्षसम्म काम गर्ने समेत डाक्टर प्रधानले जानकारी दिनुभयो ।
पिपिआर भेडा बाख्रामा लाग्ने अति घातक सङ्क्रामक रोग हो । यसलाई भेडा बाख्राको हैजा पनि भनिन्छ ।यो रोगको खास उपचार नभएकोले यसको नियन्त्रणको लागि सबैभन्दा प्रभावकारी पद्धति भनेकै खोप हो ।यो रोग लागिसकेपछि भेडा बाख्रा प्रायः ४८ घण्टाभित्र मर्ने गर्दछन् ।








प्रतिक्रिया राख्नुहोस्