तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली सरकारका नवनियुक्त पाँच मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त पाँच मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
कर्णाली प्रदेशका प्रमुख तिलक परियारले मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार नियुक्त गर्नुभएका भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री पदमबहादुर रोकाय, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ दमडुल ९कार्चेन० लामा, जलस्रोत तथा उर्जामन्त्री गणेशप्रसाद सिंह, सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसी र आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

सरकारमा नियुक्त मन्त्रीहरूमा सत्ता गठबन्धन दलहरूमा सबैभन्दा ठूलो दल नेकपा (माओवादी केन्द्र)बाट जलस्रोत तथा ऊर्जामन्त्री सिंह जाजरकोट र पर्यटनमन्त्री लामा हुम्ला निवासी हुन् । यस्तै सत्ता गठबन्धनभित्रको दोस्रो ठूलो दल कांग्रेसबाट सामाजिक विकासमन्त्री बिसी सुर्खेत र आन्तरिक मामिला तथा कानुनमन्त्री शाही दैलेख निवासी हुनुहुन्छ ।

यस्तै एकीकृत समाजवादीबाट भौतिक, पूर्वाधार तथा सहरी विकासमन्त्रीमा नियुक्त रोकाय जुम्लाबाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । गत कात्तिक १६ गते मुख्यमन्त्री बन्नुभएका शाहीले यसअघि माओवादीबाट विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजनामन्त्री र एकीकृत समाजवादीबाट दलका नेता चन्द्रबहादुर शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त गर्नुभएको थियो । आइतबार पाँच मन्त्री नियुक्त गरेसँगै आठ सदस्यीय मन्त्रिपरिषद् गठन भएर कर्णाली सरकारले पूर्णता पाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button