कर्णालीका पाँच नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ ।
मुख्यमन्त्री शाहीको सिफारिसमा नियुक्त हुनुभएका पाँच मन्त्रीले प्रदेश प्रमुख तिलक परियार समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो ।

शपथ ग्रहण गर्नुहुने मन्त्रीहरूमा यज्ञबहादुर बुढा क्षेत्री सामाजिक विकास मन्त्रालय, पदमबहादुर रोकाय भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, गणेशप्रसाद सिंह जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, हिमबहादुर शाही आन्तरिक मामिला तथा कानून मन्त्रालय र छिरिङ दमदोल लामा (कार्चेन) उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय हुनुहुन्छ ।
मुख्यमन्त्री शाहीले मन्त्रीमण्डलमा माओवादी केन्द्र र काँग्रेसबाट दुई–दुई जना र एकीकृत समाजवादीबाट एक जना मन्त्री थप्नुभएको हो ।
यसअघि मुख्यमन्त्री शाहीले माओवादीका सांसद विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजना र समाजवादीका प्रदेश सभा संसदीय दलका नेता चन्द्रबहादुर शाहीलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनाई सक्नुभएको छ ।
नवनियुक्त मन्त्रीहरूमध्ये नेकपा माओवादी केन्द्रका तर्फबाट हुम्ला जिल्ला निवासी छिरिङ दमदोल लामा (कार्चेन) गैर सांसद हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्