तपाईँ सुन्दै हुनुहुन्छः

फागुन १ देखि भौतिक रुपमा विद्यालय सञ्चालन गर्न सिफारिस

काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले फागुन १ गतेदेखि भौतिक रुपमा विद्यालय सञ्चालन गर्न सिफारिस गरेको छ ।

file photo

सीसीएमसीसीको आज बसेको बैठकले भोलिदेखि लागू हुने गरी यातायातमा जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको सीसीएमसीसीका प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो ।

प्रवक्ता नेपालले कोरोना विरुद्धको खोप लगाएका बालबालिकाले स्वास्थ्य मापदण्ड पालना गरेर नियमित कक्षामा सहभागी हुन पाउने र १२ वर्षमुनिका बालबालिका भने आलोपालो कक्षामा सहभागी गराउने गरी सिफारिस गरेको बताउनुभयो ।

यसअघि माघ १४ गते बसेको सीसीएमसीसीको बैठकले माघ मसान्तसम्म शिक्षण संस्था बन्दलाई निरन्तरता दिन सिफारिस गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button