हिमपातका कारण अवरुद्ध त्रिभुवन राजपथ पूर्ण सुचारु
मकवानपुर । बिहीबार र शुक्रवार भएको हिमपातका कारण अवरुद्ध भएको त्रिभुवन राजपथ आइतबारबाट सुचारु भएको छ ।
मकवानपुरको भिमफेदी–९ अघोर र थाहानगर स्थित सिमभञ्याङ र दामनमा करिब डेढ फिट बाक्लो हिमपातका कारण विगत दुई दिन देखि अवरुद्ध राजमार्ग आइतबारबाट पूर्ण रुपमा सुचारु भएको हो ।
थाहा नगरपालिका र सडक डिभिजन कार्यालयसँगको समन्वयमा हिउँ पन्छाएपछि अवरुद्ध सडक सुचारु भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्