तपाईँ सुन्दै हुनुहुन्छः

ग्याँस बुलेटको ठक्करबाट एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा भारतीय नम्बर प्लेटको ग्याँस बुलेटले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा–१९ नेवार पानीमा भारतीय नम्बर प्लेटको ग्याँस बुलेटले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००२ प ६८८० नम्बरको स्कुटरलाई सोही दिसाबाट आउँदै गरेको एनएल–०१ एन २९९९ नम्बरको ग्याँस बुलेटले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।

दुर्घटनामा हेटौँडा–१० का करिब ५० वषीय बुद्धिबहादुर श्रेष्ठको मृत्यु भएको दासले जानकारी दिनुभयो । प्रहरीका अनुसार श्रेष्ठको उपचारको क्रममा हेटौँडा–११ मा रहेको चुरे हिल अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button