तपाईँ सुन्दै हुनुहुन्छः

झापाकी कृपालाई सारेगामप लिटल च्याम्पको उपाधि

भद्रपुर, झापा । झापाकी कृपा पौडेलले सारेगमप लिटल च्याम्प सिजन–१ को उपाधि जित्नुभएको छ । 

गायनमा उत्कृष्ट बिर्तामोड–२ रामचोक निवासी १४ वर्षीया पौडेललाई शनिबार राति सम्पन्न ग्राण्ड फिनालेबाट विजेता घोषणा गरिएको थियो । पौडेल सारेगमपको पहिलो विजेता बन्न सफल हुनुभएको हो ।

उहाँले सहभागीमध्ये सबैभन्दा धेरै भोट पाएको आधारमा विजेता घोषित गरिएको हो । 

उहाँले फाइनलमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पार्नुभएको हो ।

यस्तै, सारेगमपको फस्ट रनरअप झापाकै मेचीनगरकी रोसा फुयाँल हुनुभएको छ भने सेकेन्ड रनरअप भारत सिलीगुडीका आदित्य विश्वकर्मा भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button