तपाईँ सुन्दै हुनुहुन्छः

प्रख्यात गायिका मङ्गेशकरको निधनको खबरले दुखी बनायो : राष्ट्रपति भण्डारी 

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले  प्रख्यात गायिका लता मङ्गेशकरको निधनको खबरले दुखी बनाएको बताउनुभएको छ । 

सामाजिक सञ्जाल ट्विटरमा आज एक ट्विट गर्नुहुँदै राष्ट्रपति भण्डारीले धेरै नेपाली गीतलाई समेत आफ्नो सुमधुर आवाजले सजाउनुभएकी भारतकी प्रख्यात गायिका मङ्गेशकरको निधनको खबरले दुखी बनाएको बताउनुभएको हो । 

उहाँले असाधारण प्रतिभाकी धनी दिवङ्गत लता मङ्गेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली समेत अर्पण गर्नुभएको छ  ।

This image has an empty alt attribute; its file name is dfjdhfj.png

प्रतिक्रिया राख्नुहोस्

Back to top button