वीरगंजमा प्रेस चौतारीको २४ औँ स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदान

वीरगंज । प्रेस चौतारी नेपाल पर्साले २४औँ स्थापना दिवसको शुभकामना आदानप्रदान गरी मनाएको छ । नेपाल पत्रकार महासङ्घ पर्साको सभाकक्षमा एक समारोहका बीच आफ्नो गौरवशाली संस्थाको विगतमा पाएको उपलब्धि बर्तमानको अवस्था र भोलिका लागि नयाँ रणनीति निमार्ण गर्दै अघि बढ्नु पर्नेमा चौतारीका नेताहरूले जोड दिनुभयाे ।
प्रेस चौतारीका पर्सा अध्यक्ष श्याम बंजारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष लालबाबु शेष, नेकपामा एमाले प्रचार विभाग सदस्य तथा अग्रज पत्रकार महेश दास, केन्द्रिय सदस्य शत्रुधन नेपाल, केन्द्रिय सदस्य केसी लामिछाने लगायतले मन्तव्य व्यक्त गर्नु थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष लालबाबु शेषले नेकपा एमालेका प्रचार विभाग सदस्यमा मनोनयन हुनु भएकोमा पत्रकार महेश दासलाई खादा तथा टिका लगाई सम्मान पनि गर्नु भयो । कार्यक्रममा प्रेस चौतारी नेपालका सदस्य, सल्लाहाकार तथा प्रेस प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्