तपाईँ सुन्दै हुनुहुन्छः

पश्चिमी बायुको प्रभावका कारण आज देशभर वर्षा र हिमपात

काठमाडौँ । पश्चिमी बायुको प्रभावका कारण आज देशै भर वर्षा र हिमपात भएको छ । 

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले गर्दा हिजोदेखि तराई तथा मध्य पहाडी क्षेत्रका अधिकांश स्थानमा मेघ गर्जन सहित हल्का तथा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको छ भने केही स्थानमा असिना समेत परेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

लगातारको वर्षा र हिमपातका कारण तापक्रम घट्न गई चिसो बढेको भए पनि भोलि दिउसोबाट मौसममा सुधार आउने र केही दिनका लागि थप वर्षको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तत्कालका लागि अर्को मौसमी प्रणालीको विकास हुने सम्भावना नरहेको हुनाले त्यतिन्जेल सम्मका लागि मौसम सफा रहने र तराई तथा मध्य पहाडी क्षेत्रको तापक्रम क्रमशः बढ्दै जाने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button