तपाईँ सुन्दै हुनुहुन्छः

जुत्ता उद्योगमा भएको आगलागीमा ८ करोडभन्दा बढीको क्षति

भद्रपुर, झापा । झापाको मेचीनगर–६ काँकडभिट्टास्थित एसएस फुटवेयर उद्योगमा भएको आगलागीमा साँढे ८ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ ।

बिहीबार बिहान ११ः०० बजेतिर अचानक भएको आगलागी ५ घण्टापछि नियन्त्रणमा आएको थियो ।

मेचीनगर–६ का श्याम पिन्टुको सो जुत्ता उद्योगमा विद्युत् सर्ट भई लागेको आगो ५ घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डीएसपी सुनिलसिंह दाहालले जानकारी दिनुभयो ।

उद्योगभित्र रहेको जुत्ता बनाउने कच्चा पदार्थ, बनाइसकिएको जुत्ता, केमिकललगायतका सामान पूर्ण रुपमा नष्ट भएको छ भने भवनको चारैतिरको भाग अधिकांश जलेको डीएसपी दाहालले बताउनुभयो ।

आगो निभाउन भारतबाट आएका ३, झापा र मोरङका १० वटासमेत १३ वटा दमकल प्रयोग भएको थियो भने आगो नियन्त्रणमा नेपाली सेना, जनपद, सशस्त्र प्रहरी र स्थानीयहरू खटिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button