बुढाको भारतमा बस दुर्घटनामा मृत्यु, परिवारको बिचल्ली
अछाम । अछामका एक पुरुषको भारतमा सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।
जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर ३ थाल्पाटा निवासी ५३ वर्षका सूर्य बहादुर बुढाको भारतको बङ्गलोरमा सवारी दुर्घटनामा परी उपचारको क्रममा निधन भएको हो ।

गत मङ्सिर महिनामा बस दुर्घटना हुँदा गम्भीर घाइते हुनुभएका बुढाको बुधवार मृत्यु भएको मृतकका भतिजा समेत रहनुभएका वसुन्धरा माध्यमिक विद्यालय भैरव स्थानका शिक्षक राजबहादुर बिसीले बताउनुभयो । उहाँको उपचारको क्रममा करिब १० लाख बढी खर्च भएको शिक्षक बिसीले बताउनुभयो ।
श्रीमती तथा ४ छोरा र १ छोरीसहित बुढा रोजगारीका लागि गत मङ्सिरमा भारत जानुभएको थियो । उहाँको उपचारमा गर्दै ठुलो धनराशि खर्च भएको र अन्ततः नै निधन भएपछि आश्रित परिवार समस्यामा परेको छ ।
‘सन्चो हुने आशामा उपचार गरियो, १०/१२ लाख खर्च समेत भयो, अहिले न धन रह्यो, न ज्यान रह्यो’ भारतमा रहनुभएकी मृतक बुढाकी श्रीमती रसिलादेबि बुढाले रुँदै भन्नुभयो ।
आफू लगायत भाइबहिनीको पढाई लेखाई र पालनपोषणमा बुवाको मृत्युले ठुलो समस्या सिर्जना गरेको जेठा छोरा तिलक बहादुर बुढाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्