तपाईँ सुन्दै हुनुहुन्छः

दक्षिण कोरियामा दैनिक सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै धेरै

दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको छ  । सरकारी अधिकारीहरूले बुधवार दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा दक्षिण कोरियामा २० हजार २७० जना नयाँ सङ्क्रमित भएका हुन । 

कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण तीव्र रुपमा फैलिएकाले दैनिक सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै धेरै भएको जनाइएको छ । यसअघि एक दिनमा १८ हजार ३४२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको विवरण सार्वजनिक गरिएको थियो । दैनिक सङ्क्रमितको सङ्ख्या २० हजार नाघेको बुधवार पहिलो पटक हो । 

दक्षिण कोरियामा कोरोनाभाइरसबाट अहिलेसम्म सङ्क्रमितहरूको कुल सङ्ख्या आठ लाख ८४ हजार ३१० पुगेको छ । नयाँ सङ्क्रमित मध्ये चार हजार १८६ जना राजधानी सोलमै भेटिएका हुन । भाइरसको फैलावट ग्रामीण क्षेत्रमा पनि धेरै भएको अधिकारीहरूले जनाएका छन् ।   

अहिले सङ्क्रमित अवस्थामै रहेकाहरू मध्ये २७८ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको उपचार भइरहेको जनाइएको छ ।कोरियामा पछिल्लो एक दिनमा कोरोनाका कारण १५ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कुल मृतकको सङ्ख्या छ हजार ७८७ पुगेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button