तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीको विज्ञमा गजुरेल नियुक्त

काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको  ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’ मा नुवाकोटका किरण गजुरेललाई नियुक्त गर्नुभएको छ । 

प्रधानमन्त्री देउवाले गजुरेललाई प्रधानमन्त्रीको ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’ मा मङ्गलवार नियुक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गजुरेल राजनीतिक विचार लेखन तथा प्रशिक्षणमा विशेष दखल राख्नुका साथै अनुसन्धानात्मक कार्यमा सक्रिय हुनुहुन्छ । 

उहाँका विभिन्न अनुसन्धानात्मक कृति प्रकाशित छन् ।

यसअघि नेपाली काँग्रेसको स्थानीय तह समन्वय विभागको सदस्य रहनुभएका गजुरेलले नेपाली काँग्रेसको १३औँ र १४औँ महाधिवेशनमा कांग्रेस सभापति देउवाको जनसम्पर्क कार्यालयमा रहेर काम गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button