एक क्विन्टल बढी गाँजासहित एक जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले एक क्विन्टल बढी लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिकाबाट एक क्विन्टल १० किलो लागु औषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राक्सिराङ–५ का ३६ वर्षीय रामकुमार प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय मनहरिबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा सोमबार राति राक्सिराङ–५ स्थित कच्ची सडक खण्डमा शङ्कास्पद रुपमा भारी बोकी हिँडिरहेका प्रजालाई सुरक्षा जाँच गर्दा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
प्रजालाई लागु औषध गाँजासहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता रिमालले जानकारी दिनुभयो । गाँजा ओसारपसारमा संलग्न अन्य व्यक्तिहरूको पनि खोजतलास भइरहेको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्