हाइड्रोपावरको सुरुङमा बेपत्ता मजदुर मृत फेला
सोलुखुम्बु । सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी हाइड्रोपावरको सुरुङमा बेपत्ता मजदुर मृत अवस्थामा फेला परेका छन् ।

गएको बिहीबार थुलुङ दूधकोशी गाउँपालिका–३ स्थित पञ्चनमा निर्माणाधीन हाइड्रोपावरमा सुरुङभित्र पेन स्टक पाइप लैजाने क्रममा एक्स्काभेटर भाँचिएर दुर्घटना हुँदा बेपत्ता भएका बाराका २४ वर्षीय राकेश चौधरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
सुरक्षाकर्मीको टोलीले सुरुङभित्र मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो ।
सोही दुर्घटनामा घाइते हुनुभएका पर्सा जिल्ला पटेरवा गाउँपालिका–४ का २० वर्षीय अङ्गत रायको ग्राण्डी अस्पताल काठमाडौँमा उपचार भइरहेको छ ।
सुरुङभित्र पानी बगाउने पाइप एक्स्काभेटरको बकेटमा लिएर जाँदा एक्स्काभेटर नै भाँचिएर दुर्घटना भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्