तपाईँ सुन्दै हुनुहुन्छः

एचआइडिसिएललाई वित्तीय संस्थाको मान्यता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) लाई बैङ्क तथा वित्तीय संस्थाको मान्यता दिएको छ । 

केन्द्रीय बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागका अनुसार यही माघ ३ गते बसेको बैङ्क सञ्चालक समितिको बैठकले वित्तीय संस्थाको मान्यता दिएको हो । 

बैङ्क तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ (संशोधनसहित) को दफा ३ (घ) बमोजिम वित्तीय संस्थाको मान्यता दिइएको हो । नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकारले सो संस्था स्थापना गरेको हो । कम्पनीले विभिन्न जलविद्युत् आयोजनामा लगानी गरेको छ भने रेमिट हाइड्रोका नाममा दुई जलविद्युत् आयोजना निर्माणको प्रक्रिया सुरु गरेको छ । संस्थाको कूल पूँजी रु २२ अर्ब बराबर छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button