सत्ता गठबन्धन दलका शीर्ष नेताको छलफल बालुवाटारमा सुरु

काठमाडौँ । स्थानीय निकाय निर्वाचनलगायत विषयमा छलफल गर्न सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक पुनः सुरु भएको छ ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा शीर्ष नेताहरू बीचको छलफल केही बेरअघि सुरु भएको हो।
बैठकमा आगामी निर्वाचन र गठबन्धनको रणनीतिका विषयमा छलफल हुने बताइएको छ ।

स्थानीय तहको निर्वाचन सम्बन्धमा आज बिहान ९ः०० बजे पनि सत्ता गठबन्धन दलका शीर्ष नेताहरुबीच छलफल भएको थियो । बिहानको बैठक निष्कर्षमा पुग्न नसकेपछि अपराह्न पुनः बैठक बस्ने तय भएको थियो ।
बिहान बसेको बैठकले आगामी निर्वाचनका सम्बन्धमा कानुनविद्सँग पनि छलफल गर्ने तय गरेको थियो।








प्रतिक्रिया राख्नुहोस्