तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा ७७ जनामा कोरोना पुष्टि, ९० जना सङ्क्रमणमुक्त

नेपालगञ्ज । बाँकेका तीन वटा प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा आज  थप ७७ जनामा कोरोना पुष्टि भएको छ । जुन ५७.०४ प्रतिशत हो । यसमा बाँकेमा मात्र ५० जना छन् । बाँकेमा सक्रिय सङ्क्रमितको सङ्ख्या ८ सय ७७ छ ।

ओमिक्रोनको संक्रमण फैलिएपछि यो हालसम्मकै सर्वाधिक सङ्ख्या हो । भेरी अस्पताल ल्याब, मेडिकल कलेज कोहलपुर र बागेश्वरी ल्याबमा पछिल्लो २४ घण्टामा १ सय३५ नमुना परीक्षण गरिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो ।

भेरीमा ५६ नमुना जाँच्दा ३०, मेडिकल कलेजमा ५१ मा ३३ र बागेश्वरी ल्याबमा २८ नमुनामा १४ जनालाई कोरोना पुष्टि भएको छ । 

त्यसैगरी, बाँके कोरोनाबाट आज थप ९० जना सङ्क्रमणमुक्त भएका छन् । एक जना अस्पतालमा भर्ना हुने संक्रमित पनि बढेका छन् भने भेरी अस्पतालमा ३६ जना उपचाररत छन् । ती मध्ये ३३ जना मध्यम, २ जना सिकिस्त र १ जना भेन्टिलेटरमा छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button