लिसंखुपाखरका किसानहरूलाई ६६ वटा हाते ट्याक्टर वितरण

सिन्धुपाल्चोक।लिसंखुपाखर गाउँपालिकाले किसानहरूलाई ६६ वटा हाते (ट्याक्टर) वितरण गरेको छ ।गाउँपालिका कृषि शाखाले शुक्रवार गाउँपालिकाको अध्यक्ष कमल नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी उक्त हाते ट्याक्टर वितरण गरेको हो ।
४३ वटा ९ एचपी र २३ वटा ७.५ एचपीको गरी ६६ वटा ट्याक्टर वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत पूर्ण प्रसाद दुलालले जानकारी दिनुभयो । ९ एचपीको ४४७०० र ७.५ को ३९०००मा ठेक्का मार्फत खरिद गरिएको दुलालले जानकारी दिनुभयो । ट्याक्टरमा पालिका अनुदान ७० प्रतिशत र समूह , सहकारी तथा व्यक्तिगत रुपमा किसानहरूलाई ३०प्रतिशत सहभागिता गराइएको थियो । किसानहरूको मागको आधरमा हाते ट्याक्टर वितरण गरिएको गाउँपालिका अध्यक्ष नेपालले जानकारी दिनुभयो ।
यसैगरी गाउँपालिकाले फलफूलको बिरुवाहरू माटो परिक्षण गरेर वितरण गर्दै आइरहेको थियो छ । किसान हरुलाई विविध खाले कृषि अनुदानहरू समेत प्रदान गर्दै आएको छ । स्थानीय सरकार आएपछि किसानहरूलाई राहत मिलेको कृषक भक्तलाल श्रेष्ठ बत्ताउनुहुन्छ ।उहाँले अब खेती गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
ट्याक्टर वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हेमगंगा मोक्तान, प्रमुख प्रशासकीय अधिकृत पूर्ण प्रसाद दुलाल , जनप्रतिनिधिहरू र किसानहरूको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्